चितवन विशेष

जंगलमा लागेको आगोमा परेर चितवनमा एक महिला गम्भिर घाईते

Banner

चितवन, माघ २२-

जंगलमा लागेको आगोमा परेर चितवनमा एक जना घाइते भएका छन् । आज साँझ साढे चार बजेको समयमा जंगलमा लागेको आगोमा परी राप्ती नगरपालिका १३ स्यामराङका ४२ बर्षिया ज्ञानु माया प्रजा गम्भिर घाईते भएकी हुन् ।

घर जनिकै रहको पाखो जंगलमा खर काट्ने क्रममा जंगलमा लागेको आगोमा परेर गम्भिर घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ । आगोमा परेर उनको अनुहार, दुवैहात खुट्टा, र शरिरका विभिन्न भाग जलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । अहिले उनको उपचार भरतपुर अस्पतालमा भइरहेको छ । उनको अवस्था गम्भिर रहेको भण्डारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>