राजनीति

सहकारीमा देखिएको निराशा सरकारको प्राथमिकता पर्नुपर्छः लामिछाने

Banner

काठमाडौँ, माघ २२-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय वित्तीय संस्थाहरू बैङ्क र सहकारीमा देखिएको निराशा सरकारको प्राथमिकतामा पर्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै सभापति लामिछानेले सरकारले सत्ता टिकाउने, सरकार चलाउने र सरकार जोगाउने किसिमका कामका लागि मात्रै संसद् नभएर जनतासँग उत्तरदायी भएर काम गर्नुपर्ने बताएका हुन् ।

लामिछानेले सरकारले सत्ता टिकाउने गरी आवश्यक नभएको विधेयक संसद्मा पेस गर्ने तयारी सुनिएको भन्दै जनताप्रति उत्तरदायी सदन बनाउनुपर्ने बताए ।
उनले जिम्मेवार राजनीतिक दलको तर्फबाट यो संसद् अधिवेशनलाई प्रभावकारी बनाउन गर्नुपर्ने कामको तयारीका साथ आएको जिकिर गरे । उनले सरकारले संसद्मा बिजनेस बढी भन्दा बढी दिनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>