चितवन विशेष

भोलिदेखि भरतपुरमा ‘ओ लेभल अम्पायर तथा स्कोरर ट्रेनिङ्ग २०८०’ हुँदै

Banner

राकेश तिमल्सिना,

चितवन, माघ २०–

चितवन जिल्ला क्रिकेट संघको आयोजनामा भोलि माघ २१ गतेदेखि २३ गतेसम्म ‘ओ लेभल अम्पायर तथा स्कोरर ट्रेनिङ्ग २०८०’ हुने भएको छ । भरतपुर महानगरपालिकासँगको सहकार्यमा भरतपुरको रामपुरमा रहेको निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला परिसरमा ट्रेनिङ्गको आयोजना हुन लागेको हो ।

नेपालका अन्तराष्ट्रियस्तरका अम्पायरद्वय विनयकुमार झा र मोहम्मद सफिकले दिने प्रशिक्षणमा करिब ४० जना प्रशिक्षार्थीको सहभागीता रहने जिल्ला क्रिकेट संघले जनाएको छ । तालिमबाट उत्पादित क्रिकेट प्राविधिक (अम्पायर तथा स्कोरर) हरुले चितवन जिल्लासँगै छिमेकी जिल्लाहरुको समेत क्रिकेट क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको संघका अध्यक्ष सुदिप पियाले बताए ।

विगतमा बाहिरी जिल्लाबाट क्रिकेट प्राविधिक बोलाएर प्रतियोगिता संचालन गर्नुपर्दा खर्च बढी हुने भएकाले स्थानियस्तरमा जनशक्ती उत्पादन गर्न जिल्लामा नै पहिलोपटक तालिमको आयोजना गर्न लागिएको उनले बताए । पछिल्लो समय चितवन जिल्लामा क्रिकेटका प्रतियोगिताहरुको संख्या बाक्लिदै गएका छन् ।

माघ २६ गतेबाट नमुना मैदानमा भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>