राजनीति

माधव नेपालपछि चुनाव गराउने गरी देउवा प्रधानमन्त्री बन्नुहुन्छः विमलेन्द्र निधि

Banner

चितवन, माघ १७-
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले २०८४ सालको चुनाव गराउने गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुनः प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।

बुधबार घोराहीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्व पार्टी उपसभापतिसमेत रहेका निधिले गठबन्धन दलहरूका बीचमा भएको समझदारी अनुसार पहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), दोस्रोमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र तेस्रोमा २०८४ सालको निर्वाचन गराउने गरी पुनः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताएका हुन्।

‘समाजवादीका अध्यक्ष नेपालको साथ समर्थनमा तत्कालीन समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्दा संसद पुनर्स्थापना गरेका थियौं,’ पूर्व गृहमन्त्रीसमेत रहेका निधिले भने, ‘एकीकृत समाजवादी एमाले पार्टी टुर्किएर बनेको हो, हामीलाई साथ दियो त्यसकारणले जसले हामीलाई साथ दियो नेपाली कांग्रेस पार्टीको नैतिकता बन्द छ त्यसकारण हामीले नेपाललाई चुनाव अगाडि सेकेण्ड फेजमा प्रधानमन्त्रीमा अवसर दिने समझदारी गरेका छौं।’

त्यसपछि चुनाव गराउने गरी थर्ड फेजमा नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री बन्ने नेता निधिले बताए। उनले गठबन्धन दलका साथै कांग्रेसका नेता कार्यकर्ताहरूलाई त्यही समझदारीको पक्षमा रहिरहन आग्रह पनि गरेका छन्। कतिपय कांग्रेसकै नेता रकार्यकर्ताले गठबन्धनको काम नभएको वा सरकार फेर्नुपर्छ भन्ने ढंगका कुरा गर्न खोजे पनि त्यो उपयुक्त नीति र धारणा नहुने निधिको दाबी छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>