राजनीति

बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कार्यकर्तालाई रविको निर्देशन

०
Banner

चितवन, असोज २५ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आज बिहान आएको बाढीले चुमनुब्री क्षेत्रमा व्यापक क्षति पुर्‍याउनुका साथै न्याक्चेत–फिलिम तथा धादिङ–गोरखा जोड्ने महत्त्वपूर्ण पुलसमेत बगाएको खबरले आफू मर्माहत भएको बताएका हुन् ।

उनले बाढीबाट प्रभावित नागरिकप्रति गहिरो सहानुभूति व्यक्त गर्दै बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन् । बाढीको जोखिम अझै रहेकाले सुरक्षित स्थानमा बस्न र स्थानीय प्रशासनको निर्देशन पूर्ण रूपमा पालना गर्न उनले आग्रह गरेका छन् ।

विपद्का बेला प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा आवश्यक सहयोगका लागि सरकार सक्रिय रहेको उल्लेख गर्दै लामिछानेले सम्बन्धित निकायसँग समन्वय गरेर सहयोगमा जुट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरूलाई निर्देशनसमेत दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>