समाज
रुखले किचेर एकको मृत्यु
०

म्याग्दी, माघ १६-
रघुगङ्गा गाउँपालिकामा आज रुखले किचेर एक जनाको मृत्यु भएको छ । गाउँपालिका–३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनुभयो ।
रुख ढल्न लाग्दा भाग्ने क्रममा चोट लागेर घाइते भएकी गर्बुजालाई उपचारका लागि बेनी अस्पताल ल्याउदा चिकित्सकले मृत घोषणा गरेको उहाँको भनाइ छ ।
फूलबारीका मानबहादुर भण्डारीको घरमा माया श्रीमान् नवीनसँगै टुनीको दाउरा काट्न जानुभएको थियो । नवीनले रुख ढलाउने मेसिन चलाउने र मानबहादुर भण्डारीले बाटोमा मानिस हेर्न बस्नुभएको थियो । भाग्ने क्रममा रुख ढलेर मायाको टाउकोमा चोट लागेको थियो । मायाको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























