समाचार

सापटी दिएको पैसा फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै सुदूरपश्चिमका मन्त्री साउदविरुद्ध प्रहरीमा उजुरी

०
Banner

कैलाली,माघ १६-

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपट साउदविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी परेको छ ।

बझाङ बुंगलका धनबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय कैलालीमा मन्त्री साउदविरुद्ध उजुरी हालेका हुन् । मन्त्री साउदले आफूले सापटी दिएको पैसा फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी दिएका हुन् ।

मन्त्री साउदले लेनदेन पनि नभएको ज्यान मार्ने धम्की पनि नदिएको बताए । कैलाली प्रहरी प्रवक्ता डीएसपी कुलदीप चन्दले यस विषयमा थप छानबिन हुने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>