कास्की

बाँदर नियन्त्रणका लागि वडा अध्यक्षको रुख काट्ने उर्दी

Banner

काठमाडौं, माघ १६–

पोखरा महानगरपालिका –१९ ले बाँदर नियन्त्रणको लागि रुख काट्न उर्दी जारी गरेको छ।

पोखरा–१९ लामाचौरका वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सूचना जारी गर्दै वडावासीलाई आफ्नो घर वरपरको रुख काट्न उर्दी जारी गरेका हुन्। उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।

वडाध्यक्ष पाण्डेले जारी गरेको सूचनामा भनिएको छ। ‘पोखरा महानगरपालिका साविक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारले पनि बाँदर नियन्त्रणको नीति पास गरेको हुँदा आजको मितिले १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आआफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरु कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन अनुरोध गरिन्छ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>