समाज

कमलनगर बजार व्यवस्थापन समितिमा सापकोटा

०
Banner

चितवन, माघ १६-

कमलनगर बजार व्यवस्थापन समितिको अध्यक्षमा काशिनाथ सापकोटा चयन भएका छन् ।

समितिको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशनबाट सापकोटाको नेतृत्वमा १४ सदस्यिय नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा कृष्णकुमार महतो, उपाध्यक्षहरुमा सूर्यमणी लामिछाने र माधव प्रसाद घिमिरे, महासचिवमा टंक सापकोटा, सचिवमा विष्णु भुसाल, कोषाध्यक्ष सन्तोष श्रेष्ठ र सह–कोषाध्यक्षमा शान्तिदेवी ढकाल चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा दिपक पौडेल, प्रतिष्ठाराज खरेल, सागर कँडेल, अभिषेक गुप्ता, नवराज श्रेष्ठ र राजु पौडेल रहेका छन् । समितिका सल्लाहकारहरुमा विजय तिमिल्सिना र विष्णु लामिछाने रहेका छन् ।

समितिका संस्थापनक एवम् निर्वतमान अध्यक्ष शंकर प्रसाद घिमिरेको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनसँगै वनभोज कार्यक्रम पदमपुरको भीमवली पार्कमा आयोजना गरिएको थियो । कमलनगर बजार व्यवस्थापन समितिले सरसफाई लगायत विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>