राजनीति

संविधान र सङ्घीयता विरोधी गतिविधि रोक्न सुशासन गतिलो हुनुपर्छः महामन्त्री थापा

Banner

सप्तरी, माघ १५-

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले संविधान र सङ्घीयता विरोधी गतिविधि रोक्न सुशासन गतिलो हुनुपर्ने बतउनुभएको छ । नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यसका लागि सबै जिम्मेवार व्यक्तिले आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ भन्नुभयो । ‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत संवाद यात्राका क्रममा सप्तरीको राजविराज आइपुग्नुभएका उहाँले अहिलेको मुख्य चुनौती संविधान र लोकतन्त्र जोगाएर सुशासन कायम गर्नुरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “कसैले प्रदेश संरचना खारेजको कुरा उठाइरहेका छन् त कसैले व्यवस्था नै परिवर्तन गर्नुपर्छ भनी लागिरहेका छन्, यस्ता कुरामा लागे मुलुक फेरि अर्को दुर्घटनामा पर्नेछन् ।”

सङ्घर्षपछि प्राप्त भएको सङ्घीयता कार्यान्वयनका क्रममा केही त्रुटि भए पनि त्यो त्रुटि सच्याएर अघि बढ्नु प्रमुख आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले अहिलेको व्यवस्था नै उत्कृष्ट भएको दाबी गर्दै यसको विकल्प खोज्नु समय खेर फाल्नु जस्तै हुने जनाउँदै संविधान र लोकतन्त्र जोगाउन तथा समग्र परिवर्तनको रक्षाका लागि कांग्रेस अघि बढिरहेको समेत बताउनुभयो ।

उहाँले यसमा सबै लोकतन्त्रवादीको साथ र सहयोग आवश्यक रहेको जनाउँदै अब बन्ने नयाँ मन्त्रीमण्डलमा मधेसको प्रतिनिधित्व हुने उल्लेख गर्नुभयो । यसअघि उहाँले स्थानीय गजेन्द्रनारायण सिंह अस्पताल पुगी त्यहाँको समस्याबारे जानकारी लिनाका साथै सुधारका लागि आफ्नोतर्फबाट सक्दो पहल गर्ने जानकारी दिनुभएको थियो । स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन, हुलाकी सडक वरिपरि बसोबास गरिरहेका जनताको पीडा नजिकबाट बुझ्ने तथा जनताबाट आएका गुनासा र सुझावलाई प्रभावकारी ढङ्गले कार्यान्वयनमा ल्याउने उद्देश्यले थालिएको समुदायमा कांग्रेस अभियान तथा संवाद यात्रा यही माघ २६ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>