समाचार

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

०
Banner

चितवन, माघ १५-

पूर्वी चितवनको राप्ती नगरपालिका–१० थामटारमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

स्थानीय ४२ वर्षीय सितामाया तामाङ आइतबार साँझ ५ः१० बजेको समयमा झोलुङ्गे पुलबाट पम्फा खोलामा खस्दा घाइते भएकी थिइन् ।

उनको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा आइतबार साँझ ६ बजे मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनको उपचारमा संलग्न चिकित्सकले मृत घोषणा गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>