राजनीति

हामीलाई कमजोर बनाउने एमालेको प्रयत्न असफल भयोः माधवकुमार नेपाल

Banner

काठमाडौं, माघ १४-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा फाटो ल्याउने एमालेको योजना असफल पारेको बताएका छन् । सत्तारुढ दलभित्रै सहकार्य गरेर आफ्नो पार्टीलाई कमजोर बनाउने एमालेको प्रयासलाई आफूहरुले असफल बनाएपछि राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले असफल भएको उनको भनाइ छ । आइतबार काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकमा उनले भने ।

‘नेकपा एमालेले गठबन्धनमा रहेका दलहरुसँग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउने नीति लिएको थियो । राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनसँग सहकार्यका लागि एमालेले वार्ता, छलफल र संवाद गर्‍यो पनि । वास्तवमा यो सबै भनेको हाम्रो पार्टीको विरुद्धमा नै लक्षित थियो । यस अर्थमा पनि त्यो सहमति सफल हुन सकेन । सत्तारुढ दलहरु एकजुट भएर उभिइसकेपछि नेकपा एमालेको हामीलाई कमजोर बनाउने प्रयत्न असफल भयो’ उनले भने ।

राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा माओवादी केन्द्रका उम्मेदवार पराजित भएको विषयमा भने गठबन्धनभित्र छलफल हुने नेता नेपालले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>