चितवन विशेष

‘माडी गोल्डकप’को उपाधि पटिहानी फुटबल क्लबलाई

Banner

माडी,माघ १३-

‘२५औँ माडी गोल्डकप’ अण्डर नाइन्टिन राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि पटिहानी फुटबल क्लबले जितेको छ । शनिबार माडीको बसन्तपुरमा भएको फाइनल खेलमा पेन्गुइन भरतपुर–२४ लाई पराजित गर्दै पटिहानीले उपाधि जितेको हो ।

निर्धारित समयमा एक/एक गोलको बराबरी भएपछि टाइब्रेकरमा ४–३ को गोलअन्तरबाट सडन डेथका आधारमा पटिहानीले उपाधि चुमेको हो । प्रतियोगितामा उत्कृष्ट गोलकिपर माडी–११ का विवश क्षेत्री, उत्कृष्ट डिफेन्स पटिहानीका कृष्ण कार्की, उत्कृष्ट मिडफिल्डर भरतपुर–२४ का सजन क्षेत्री र उत्कृष्ट कोच पटिहानीका हरि थापामगर घोषित हुनुभयो । यस्तै सर्वाधिक गोलकर्ता भरतपुर–२४ का समिर तामाङ, सर्वाेत्कृष्ट खेलाडी पटिहानीका बसन्त कुमाल र स्थानीय सर्वोत्कृष्ट खेलाडी माडी–११ का समीर लामिछाने हुनुभयो ।

प्रतियोगितामा उत्कृष्ट नवप्रतिभा खेलाडी माडी ११ का शिशिर सुनार हुनुभयो भने फेयर प्ले टिमको उपाधि माडी–११ ले प्राप्त ग¥यो । प्रतियोगिता प्रथम हुने टिमले नगद रु दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने द्वितीय हुनेले नगद एक लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए । विजयी टिम र खेलाडीलाई पूर्वमन्त्री तथा चितवन क्षेत्र नम्बर ३ का सांसद विक्रम पाण्डेले पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा बोल्दै उहाँले माडीको खेल क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । प्रतियोगितामा सात जिल्लाका १० टिमको सहभागिता रहेको आयोजक बसन्तपुर युनाइटेड क्लब माडीका अध्यक्ष नवीन बस्यालले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>