चितवन विशेष
दियालो बंगला सञ्चालन गर्न बोलपत्र आव्हान

चितवन माघ १३-
भरतपुर महानगरपालिकाले भरतपुर महानगरपालिका-१ स्थित आँपटारीमा रहेको दियालो बंगला सञ्चालनका लागि बोलपत्र आव्हान गरेको छ । नेपाल ट्रष्टको नाममा रहेको सो दरबारलाई सञ्चालनका लागि महानगरपालिकाले बिहिबार पत्रिकामा सूचना निकालेर बोलपत्र आव्हान ने गरेको हो ।
न्यूनतम लागत ८१ लाख ८७ हजार रुपैयाँ रहने गरी महानगरपालिकाले बोलपत्र प्रकाशित गरेको छ । सार्वजनिक खरिद कार्यालयको इजिपि सिस्टम मार्फत बोलपत्र पेश गर्न महानगरले अनुरोध गरेको छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको यस बंगलालाई महानगरले संग्रालयको रुपमा सञ्चालन गर्ने महानगरपालिकाका इन्जिनियर साकार लामाले जानकारी दिए ।
भरतपुरको आँपटारीमा रहेको यो दरबार नेपालकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हुने अपेक्षा भरतपुर महानगरपालिकाले लिएको छ । अहिले यो दियालो बंगलालाई नेपाली सेनाले सुरक्षा दिएको छ । राजा महेन्द्रले बनाएको यस बंगलामा सर्वसाधारणलाई प्रवेशका लागि रोक लगाइएको छ ।


























