राजनीति

१७ हजार प्लस २ भन्नेहरुप्रति कार्यकर्ताले प्रतिवाद नगरेको प्रधानमन्त्रीको गुनासो

Banner

काठमाण्डौँ, माघ १३-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र जनयुद्धमा ज्यान गुमाउनेको अपमान गर्नेहरुको पार्टी कार्यकर्ताले प्रतिवाद गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

शनिबार शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा उनले माओवादी जनयुद्धमा ज्यान गुमाउनेहरुको खुलेआम अपमान हुँदा पनि कार्यकर्ताहरु टुलुटुले हेरिरहेको टिप्पणी गरेका हुन् । सशस्त्र युद्धमा माओवादीबाट १७ हजार मानिस मारिएका भन्ने भाष्य बनाउन खोजिएको भन्दै सशस्त्र युद्धको नेतृत्वकर्ता र माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले यो झुटो भएको बताए ।

‘१७ हजार प्लस दुई भनेर एउटा मान्छे ब्यानर बोकेर उभिएको हुन्छ, तर तपाईं हामीलाई प्रतिवाद गर्ने जाँगर पनि छैन, न लेख्ने न बोल्ने’, प्रचण्डले भने, ‘हिजो भए हामी सहन्थ्यौं त, के गर्थ्यौं, हामीले कस्तो प्रतिवाद गर्थ्यौं, कसरी गर्थ्यौं ?’

गत महिना ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई युवक मृत्यु भएको भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको विरोध प्रदर्शनमा सांसद डा. तोसिमा कार्कीले १७ हजार प्लस दुई लेखिएको ब्यानर बोकेकी थिइन् ।

माओवादी जनयुद्धमा ज्यान गुमाएकाहरुलाई सरकारले शहीद घोषणा गरिसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई अपमान गर्दा मुठ्ठी उठाएर अघि बढ्न के ले रोक्यो भन्दै कार्यकर्तालाई प्रश्न गरे ।

‘हाम्रा महान राष्ट्रिय शहीदहरुलाई अपमान गरेको सहन सक्दैनौं भनेर मुठ्ठी उठाएर अगाडि बढ्न हामीलाई के ले रोक्या होला, किन जोश आइरहेको छैन हामीलाई रु’ प्रचण्डले भने, ‘हामी हाम्रो उद्देश्यप्रति धेरै नै उदासिन भइरहेका छौं ।’

उनले माओवादी जनयुद्धका शहीदहरुको सम्मानमा देशभरि कार्यक्रम राख्न पनि कार्यकर्तालाई निर्देशन दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>