खेलकुद

थ्रिस्टार क्लब आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

Banner

कास्की, माघ १३-
पोखरा रङ्गशालामा आहा ! रारा पोखरा गोल्डकप फुटबलको आज क्वाटरफाइनलको पहिलो खेल थियो । सार्वजनिक बिदा भएकाले साधारणतथा भिआइपी प्यारापिटमा दर्शक उल्लेख्य थिए ।

प्रतिस्पर्धामा उत्रिएका थिए नेपालको थ्रिस्टार क्लब र विदेशी पाहुना टोली भुटानको पारो फुटबल क्लब । खेलको पहिलो र दोस्रो हाफको समयमा दुवै टोलीले गोलरहित बराबरी खेले । नियमित समयमा दुवैले बराबरी खेलेपछि ३० मिनेटको समय थप गरिएको थियो । अतिरिक्त समयको पहिलो १५ मिनेटमा पनि गोल निस्केन । खेलको निर्णय पेनाल्टी सुटआउटमा हुने आकलन गरिएको थियो ।

तर खेल सकिन छ मिनेटको समय बाँकी रहँदा थ्रिस्टारले पाुहना टोलीलाई स्तव्ध पार्दै गोलको खाता खोल्यो । पहिलो गोलपछि उत्साहित थ्रिस्टारले केही समयमै पुनः अर्को गोल थप्यो । अन्तिम केही मिनेट सम्हालिन नसक्दा पाहुना टोली पारो थ्रिस्टार क्लबसँग २(० गोलअन्तरले पराजित हुँदै घर फर्किन बाध्य बन्यो ।

थ्रिस्टारका लागि दुवै गोल आशीष चापागाईँले गरे । अत्यन्त प्रतिस्पर्धात्मक खेलको एक सय १४औँ र खेल सकिन एक मिनेट समय बाँकी छँदा चापागाईँले गोल गरेका थिए । नियमित समयमा दुवै टोलीले गोलका केही सुन्दर मौका खेर फालेका थिए । थ्रिस्टार क्लबले प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारालाई पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको थियो । पाहुना टोली पारो भने सिधै क्वाटरफाइनल खेलेको हो ।

प्रतियोगिताअन्तर्गत आइतबार दोस्रो क्वाटरफाइनलको खेल सङ्कटा क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकाबीच हुने आयोजक सहारा क्लबका अध्यक्ष केशवराज बरालले बताउनुभयो । यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइलन खेल माघ २० गते हुनेछ । प्रतियोगितको विजेताले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी उपविजेता टोलीले रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ । प्रतियोगितामा एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>