क्रिकेट

आईसीसी यू-१९ विश्वकप: कप्तान खनाललाई ५० हजार दिइने

Banner

रुपन्देही, माघ १३-

यु-१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनाललाई रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सम्मान गर्ने भएको छ । नगरपालिकाले कप्तान खनाललाई सम्मान स्वरूप ५० हजार पुरस्कार दिने भएको हो।

तिलोत्तमा निवासी खनालको उत्कृष्ट प्रदर्शनले नेपालले शुक्रवार भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान पक्का गरेको थियो। त्यसैले उत्कृष्ट प्रदर्शन गर्ने खनाललाई सम्मान स्वरूप नगद ५० हजार दिने नगरप्रमुख रामकृष्ण खाणले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>