अन्तर्राष्ट्रिय

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले मानहानी मुद्दामा आठ करोडभन्दा बढी अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने

०
Banner

काठमाण्डौ,माघ १३–

एक अमेरिकी अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखक ई जीन क्यारोलले दायर गरेको मानहानी मुद्दामा झण्डै आठ करोड डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ । सन् २०१९ मा आफु राष्ट्रपति भएका बेला ट्रम्पले आफूलाई बदनाम गरेको क्यारोलले आरोप लगाउनु भएको थियो ।

अदालतले यस मानहानी मुद्दामा फैसला सुनाउँदै, क्यारोललाई भावनात्मक रूपमा चोट पुर्‍याएको र उहाँको प्रतिष्ठामा चोट पुर्‍याएकोमा क्षतिपूर्ति र जरिबाना समेत गरेर आठ करोडभन्दा बढी अमेरिकी डलर तिर्नुपर्ने बीबीसीले जनाएको छ । यसअघि ट्रम्पले क्यारोललाई यौन दुर्व्यवहार गरेको पाइएको थियो । त्यसपछि ट्रम्पले सामाजिक सञ्जालमा लगातार क्यारोललाई निशाना बनाएका थिए । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>