अन्तर्राष्ट्रिय

घुस लिएको अभियोगमा चीनमा बैंकका पूर्व उच्च अधिकारीलाई २० वर्ष जेल सजाय

०
Banner

चीन, माघ १३-

चीनको सबैभन्दा ठूलो सरकारी बैंकमध्येको एउटा बैंकका पूर्वकार्यकारीलाई घुस लिएको आरोपमा २० वर्षको जेल सजाय भएको छ ।

चाइना डेभलपमेन्ट बैंकका पूर्वउपाध्यक्ष हे जिङजियाङलाई बेइजिङको एक अदालतले घुस लिएको, अवैधरूपमा वित्तीय उपकरण जारी गरेको, अवैधरूपमा ऋण दिएको र विदेशी निक्षेप लुकाएको ठहर गर्दै सजाय सुनाएको हो ।

६० वर्षीय हेमाथि ५१ लाख युआन अर्थात झण्डै सात लाख २० हजार अमेरिकी डलर जरिबानासमेत गरिएको चीनको सरकारी सञ्चार माध्ययमलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । देशको वित्तीय क्षेत्रमा व्यापक भ्रष्टाचारविरुद्धको कारबाहीअन्तर्गत चीनले यो कारबाही अघि बढाएको खबरमा उल्लेख छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>