समाचार

सबैले इमान्दार भएर काम गर्ने हो भने एक वर्षमै निगमको मुहार फेरिने छः मन्त्री किराँती

०
Banner

काठमाडौं, माघ १३-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्ने बताएका छन् ।

शनिवार निगमको सिनामंगलस्थित जग्गामा निगमको प्रधान कार्यालय भवनको शिलान्यास गर्दै उनले नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्ने बताएका हुन् । उनले सबैले इमान्दार भएर काम गर्ने हो भने एक वर्षमै निगमको मुहार फेरिने दाबी गरे । उनले निगम अन्तार्राष्ट्रिय जगतमा चिनाउने देशको मुहार भएकाले निगमलाई राम्रो बनाउनुपर्ने बताए ।

उनले निगमले नेपालको इतिहास र वर्तमान गौरवलाई प्रस्तुत गर्ने बताए । उनले आफू मन्त्री बनेपछि गरेको एक वर्षको कामले कछुवाको गतिमा भएपनि निगमलाई राम्रो र व्यवस्थित बनाउन आफू लागिरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>