राजनीति

एमालेले सुरु गरेको विकासका काम गठबन्धन सरकारले ठप्प बनायोः योगेश भट्टराई

Banner

रौतहट, माघ १३-

नेकपा एमालेका सचिव तथा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईले एमाले नेतृत्वको सरकारका पालामा सुरु भएका विकासका योजनाहरु गठबन्धन सरकारले ठप्प पारेको बताएका छन् ।

रौतहटको गरुडामा शुक्रवार आयोजित राष्ट्रिय युवा संघको जिल्ला भेलालाइ सम्बोधन गदै सचिव भट्टराईले यस्तो बताएका हुन् ।

देशलाइ सम्बृद्धि बनाउने अभियान अन्तर्गत एमाले सरकारको पालामा ल्याएको विकासका योजनाहरु यो गठबन्धनको सरकारले ठप्प बनाएको र देशमै अहिले विकासका कामहरु ठप्प अवस्थामा रहेको सचिव भट्टराईको भनाइ थियो ।

युवाहरुलाइ स्वरोगार बनाउने, औधोगिक क्षेत्रको बिकाशका योजनाहरु, भौतिक पुर्वाधार विकासका योजनाहरु जस्ता काम अहिले ठप्प रहेको सचिब भट्टराईले बताएका हुन ।  ‘अहिलेको अबस्थामा अन्य दलहरु एकातर्फ छन भने नेकपा एमाले मात्रै एकातर्फ छ तर पनि नेकपा एमाले आफनो बिचारमा उभिएको पार्टी भएकाले सबैको भरोसाको पार्टी बनेको छ,’ पुर्वमन्त्री समेत रहेका भट्टराईले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>