समाचार

इमेज सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ

०
Banner

काठमाडौं, माघ १२-

इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाग्लुङका कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छिन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लक्ष्मीलाई ललितपुरको धोबिघाटबाट बिहीबार पक्राउ गरेको हो।

सरिता तिमल्सेना ९कँडेल०सहितको जाहेरीको आधारमा उक्त सहकारीका अध्यक्ष ५१ वर्षीय देवकुमार नेपालीसमेत ८ जनालाई पक्राउ गर्न भन्दै पक्राउ पूर्जी समेत जारी भएको थियो।  गत जेठ २ गते जिल्ला अदालत बाग्लुङबाट पक्राउ पूर्जी जारी भएपछि फरार भएकी २७ वर्षीया लक्ष्मीलाई सीआईबीले पक्राउ गरेको हो।

पक्राउ परेकी लक्ष्मीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि भन्दै जिल्ला प्रहरी कार्यालय बाग्लुङको जिम्मा लगाइएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>