काठमाडौँ

नयाँबानेश्वरको सडकमा गुड्दागुड्दै भासियो बस

०
Banner

काठमाडौं, माघ १२-

नयाँबानेश्वरको सडकमा गुडिरहेको बस भासिएको छ । कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा.३ ख ३७६२ नम्बरको यात्रुवाहक बस गुड्दागुड्दै भासिएको हो । एभरेष्ट होटलको अगाडि सर्भिस लेनमा बस कोल्टो परेर भासिएको हो ।

बस भासिएलगत्तै यात्रु बाहिर निस्किएका थिए । अहिले ट्राफिक र नेपाल प्रहरी भएर बसलाई हटाउन लागेका छन् । नयाँ वानेश्वर क्षेत्रमा विगत केही वर्षयता सडक सुधारका काम भइरहे पनि खाल्डाखुल्डि हुने, पानी जम्नेलगायतका समस्याले गुणस्तरमा प्रश्न उठ्दै आएको छ ।

२ वर्षअघि पनि मीनभवनस्थित सिभिल अस्पतालअगाडि सडकमा भ्वाङ परेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>