पत्रपत्रिका
अनुदानमा आएको मल बाटोबाटै गायब
०

काठमाडौं, माघ १२-
सरकारले नरैनापुर गाउँपालिकाका किसानलाई बिक्री गर्न दिएको अनुदानको मल बाटोबाटै गायब भएको छ।
नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा मल बाटोबाटै गायब भएको हो।
नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट माघ–९ गते बुझिलिएको दुई सय बोरा (प्रति बोरा ५० केजी) नेपाल सरकारबाट अनुदान प्राप्त भएको थियो। उक्त अनुदानित युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरा मात्रै युरिया मल फेला परेको छ।
६ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको भर्पाइ पेश भएको छ भने बाँकी हुनुपर्ने एक सय ३० बोरा युरिया मल बाटोबाटै गायब भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए। यो समाचार नागरिक दैनिकमा छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























