खेलकुद

ग्रेस इन्टरनेसनल ब्राण्डको एम्बेसेडरमा ऐरी नियुक्त

०
Banner

काठमाडौं,माघ ११-

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर तथा नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरी ग्रेस इन्टरनेसनलको ब्राण्ड एम्बेसेडर नियुक्त भएका छन् ।

ग्रेस इन्टरनेशनलले यो वर्ष नेपाली खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्ने योजना अनुरुप दीपेन्द्रसँग सहकार्य सम्झौता गरेको हो । विहीबार काठमाडौंमा एक कार्यक्रमबीच ग्रेस इन्टरनेसनलका निर्देशक एन्ड्रयु पौडेल र दीपेन्द्रले सम्झौता पत्रमा हस्ताक्षर गरे । दीपेन्द्र ३ वर्षका लागि ग्रेसको ब्राण्ड एम्बेसेडर रहनेछन् ।

ग्रेस इन्टरनेसनल विगत १७ वर्षदेखि नेपालमा रहेका र विशेषतः अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरीका लगायतका देशमा पढ्न चाहने वि‌द्यार्थिहरुलाई परामर्श प्रदान गर्दै आएको संस्था हो । ग्रेसका निर्देशल पौडेलले दुवै पक्षको सहकार्यले नयाँ पुस्ता र विशेषतस् युवा पिढीलाई करिअर निर्माण गर्न मदत पुग्ने विश्वास व्यक्त गरे । उनले दीपेन्द्रसँगको सहकार्य व्यावसायिक प्रर्वद्दनको उ‌द्देश्य मात्र नभएर क्रिकेटप्रति उत्तरदायित्वको रुपमा रहेको बताए ।

दीपेन्द्रले पनि ग्रेससँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै यस यात्रामा साथ दिने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा ग्रेस इन्टरनेसनलले वर्ष २०२४ लाई विज्ञापन र प्रचारको वर्ष भन्दा पनि सामाजिक उत्तरदायित्व बहनको वर्षका रुपमा मनाउने प्रतिवद्धता पनि व्यक्त गरेको छ। ग्रेसले नेपाली क्रिकेटका धेरै घरेलु प्रतियोगितालाइ सहयोग गर्ने, गाउँ गाउँका स्थानीय खेलाडी र प्रतियोगितालाई प्रोत्साहन गर्ने, विभिन्न ठाउँमा खेलकुद सामग्री वितरण गर्ने, खेलाडीहरुलाई व्यवसायिक बनाउन सहयोग गर्ने लगायतका योजना अघि सारेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>