अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको समुद्र तटमा डुबेर चार भारतीयको मृत्यु

०
Banner

अस्ट्रेलिया, माघ ११-

अस्ट्रेलियामा चार जना भारतीय नागरिकको मृत्यु भएको छ। अस्ट्रेलियाको भिक्टोरियास्थित फिलिप आइल्याण्डको समुद्र तटमा डुबेर चार भारतीय नागरिकको मृत्यु भएको हो ।

अस्ट्रेलियास्थित भारतीय उच्चायोगले बिहीबार सो जानकारी दिएको हो। यद्यपि, मृत्यु हुने ती भारतीयको सनाखत भने भएको छैन।

‘अस्ट्रेलियामा हृदयविदारक घटना, भिक्टोरियाको फिलिप आइल्याण्डमा डुबेर चार भारतीयको मृत्यु भएको छ।’भारतीय उच्चायोगले ट्वीटरमा लेखेको छ,’पीडितका परिवारप्रति गहिरो समवेदना। हामी पीडित परिवारसँग सम्पर्कमा छौँ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>