राजनीति

आफूमाथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफै गरौंः रवि लामिछाने

Banner

काठमाडौं, माघ ११-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले व्यवस्थाका केही हाइज्याकरहरूलाई हराउने आँट गरे देश बन्ने दाबी गरेका छन् । संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानून बनाउन सिङ्गो संसदले सर्वदलीय प्रतिवद्धता गरेको दिन देश सुमार्गमा हिँड्न शुरू हुने उनको भनाइ छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘राज्यका निकायहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने सर्वदलीय सहमति गरेको दिनदेखि देश बन्न शुरू हुन्छ । संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानून बनाउन सिङ्गो संसदले सर्वदलीय प्रतिवद्धता गरेको दिन देश सुमार्गमा हिँड्न शुरू हुन्छ । त्यसपछि मिडियारसोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोही दिनरात नाङ्गो भइरहनु पर्दैन । आफूमाथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफै गरौं, तलबी सेना अफ बिटमा ननचाऔं । फेस गरौं, फेस नलुकाऔं ।’

उनले स्वाद र सुविधाअनुसार गलत ज्ञान पेलेको पेल्यै नगर्न आग्रह गर्दै देश बन्ने उल्लेख गरेका छन् । हेर्नुहोस् उनको स्टाटस्ः

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>