चितवन विशेष

चितवनमा ‘समुदायमा कांग्रेस’ अभियानः ९८ वटै वडामा पुगेर कांग्रेसले जनताको गुनासो सुन्ने

Banner

चितवन, माघ ११-

नेपाली कांग्रेको केन्द्रीय निर्णय अनुसार चितवनमा ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन हुने भएको छ । माघ १३ गतेदेखि २६ गतेसम्म कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान देशभर सञ्चालन हुँदै छ ।

चितवनमा माघ १४ गते कांग्रेस केन्द्रीय प्रतिनिधि डा गोबिन्द पोख्रेलको उपस्थितीमा जिल्ला कार्यसमितिको विस्तारित बठैक बसी ‘समुदायमा कांग्रेस’ अभियानको प्रारुप तयार गरिने नेपाली कांग्रेस चितवनका सचिव ध्रुवराज पोखरेलले बताए ।

अभियानलाई सार्थक रूपमा सफल पार्न जिल्लास्थित पालिकाहरूको प्रत्येक वडाहरूमा नेपाली कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला पदाधिकारी र प्रत्यासी तथा जिल्ला स्तरका वर्तमान एवम् पूर्व नेतृत्वलाई वडा प्रतिनिधिको रुपमा खटाइने उनले जानकारी दिए ।

यस अभियान अन्तर्गत चितवनका सात पालिकाका ९८ वटै वडाहरूमा खुल्ला छलफल तथा बहस कार्यक्रम राखी नागरिकको गुनासो सुन्ने र सुझाव संकलन गरिने उनले बताए । अभियानकै क्रममा विकास निर्माण आयोजना, विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालय लगायत जनसरोकारका कामकारवाहीहरुको अवलोकन र सत् प्रयासको चर्चा गरिनेछ ।

नेपाली कांग्रेसलाई जनतासंग जोड्ने एवम् पार्टी र जनप्रतिनिधिको वीचमा समन्वय र सहजीकरणका लागि पार्टीका वडा सभापति लगायत ३ जना निर्वाचित वडा अध्यक्ष वा अध्यक्षको उम्मेदवार लागायत ३ जना र पार्टीका शुभेच्छुकहरू २ जान गरी जम्मा ८ जनाको संयन्त्र निर्माण गरिने उनले बताए । यस अभियानबाट प्राप्त सुझावका आधारमा पार्टीको आगामी रणनीति र कार्ययोजना समेत तय गरिने पोख्रेल बताउँछन् । समुदायमा कांग्रेस अभियान अन्तर्गत पार्टीका महामन्त्री गगनकुमार थापाले माघ १३ देखी २६ गते सम्म नागरिक संवाद यात्रा तय गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>