समाचार

कर्जाको ब्याजदर सिङ्गल डिजिटमा आउन सक्छः गभर्नर अधिकारी

०
Banner

काठमाडौँ , माघ १०-

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको कर्जा अब सिङ्गल डिजिटमा आउने बताएका छन् ।

बुधबार काठमाडौँमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रमा पछिल्लो समय हुँदै आएको सुधारको आधारमा राष्ट्र बैंकले दिएको नीतिको कारण बैंकहरुको कर्जाको ब्याजदर कम हुँदै जाने अवस्थामा रहेको बताए ।

उनले बैंकहरुले अहिले १०.२५ प्रतिशतमा कर्जा दिनुपर्ने अवस्था रहेको बताए । उनले राष्ट्र बैंकले आगामी दिन बैंकहरुको कर्जा प्रवाह बढ्ने अपेक्षाले केही नीतिगत दरहरु घटाएको अवस्था रहेको बताए । उनले अर्थतन्त्रमा आएको सुधारको आधारमा राष्ट्र बैंकले लिने नीतिहरु सहज बनाउँदै गएको बताए ।

गभर्नर अधिकारीले तत्कालका लागि नेपाली बैंकहरु साना–साना संकटमा अप्ठ्यारो पर्ने अवस्थामा नभएको बताए । उनले नेपाली बैङ्किङ क्षेत्र सक्षम र बलियो रहेको बताए । उनले बैङ्किङ प्रणालीलाई दिगो विकास र सुरक्षित बैङ्किङ प्रणालीको रुपमा विकास गर्दै गएको बताए । उनले अहिले आर्थिक शिथिलता भइरहेको अवस्थामा रिकभरीमा समस्या भएपनि अन्य तथ्य र तथ्याङ्कहरुले सहयोगले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको बताए ।

गभर्नर अधिकारीले बैंकहरुमा तरलता अत्यन्तै राम्रो अवस्थामा रहेको बताए । उनले अहिलेको आर्थिक अवस्था समग्रमा राम्रोसँग सुधार भइरहेको बताए । उनले बाह्य क्षेत्रको सुधार, बैङ्किङ क्षेत्रभित्र पनि रिकभरी बाहेक अन्य कुराहरुमा ठूला समस्या नभएको उल्लेख गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>