पत्रपत्रिका

क्रिप्टो र हुन्डी कारोबारमा पोद्दारसहित १७ जनाविरुद्ध मुद्दा

०
Banner

काठमाडौं, माघ १०-

३३ केजी सुन तस्करी प्रकरणमा जोडिएका भारतीय नागरिक तथा व्यवसायी विमल पोद्दारसहित १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । हुन्डी र क्रिप्टोमा उनीहरुलाई प्रतिवादी बनाएर मुद्दा चलाइएको हो ।

काठमाडौं बागबजारका ४८ वर्षीय रुपेश श्रेष्ठ, काठमाडौं थापाथलीका ३५ वर्षीय आशिष अग्रवाल, बाग्लुङ नगरपालिका–७ घर भई सामखुसी बस्ने ४८ वर्षीय मीनबहादुर जीसी र झापाको गौरादह नगरपालिका–४ का ४५ वर्षीय झानिन्द्रप्रसाद खतिवडालाई पक्राउ गरेर मुद्दा चलाइएको छ । जसमध्ये एकै परिवारका पाँच जनाको संलग्नता देखिएको सीआईबीले खुलाएको छ ।

रुपेश, उनकी श्रीमती रचना शर्मा, भाइ दीपेश श्रेष्ठ, भान्जा अंशुल श्रेष्ठलाई प्रतिवादी बनाइएको छ । अर्का भान्जा आयुष श्रेष्ठको समेत कारोबारमा संलग्नता पुष्टि भए पनि ठेगाना प्रस्ट हुन नसकेको भन्दै उनलाई प्रतिवादी बनाइएको छैन । ठेगाना खुलेका बखत प्रतिवादी बनाउने भन्दै अन्यलाई मुद्दा चलाइएको छ ।

बागबजार घर भई अमेरिका बस्ने रुपेशका भाइ ४४ वर्षीय दीपेश श्रेष्ठ, अमेरिका नै बस्ने रुपेशका भान्जा ४३ वर्षीय अंशुल श्रेष्ठ, रुपेशकै श्रीमती ४५ वर्षीया रचना शर्मा, नुवाकोटको विदुर नगरपालिका–४ का २७ वर्षीय शरद भट्टराईलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाइएको छ ।

यसैगरी, धादिङ गल्छी गाउँपालिका–२ घर भएका २५ वर्षीय वीरेन्द्र मगर, भारतीय नागरिक विमल पोद्दार, दाङको बबई–६ का २४ वर्षीय बिगलसिंह शर्मा, सिन्धुलीको कमलामाई–६ का ४६ वर्षीय ओमकुमार श्रेष्ठ, स्याङ्जाको पुतलीबजार–४ का दीपश शर्मा, रामेछापको उमाकुण्ड–१ का फुन्सोक लामा, नवलपरासीको देवचुलीका ६९ वर्षीय गोविन्दप्रसाद श्रेष्ठ र रामेछापको मन्थली–१० का ५३ वर्षीय रुदे तामाङलाई पनि फरार प्रतिवादीकै सूचीमा राखेर मुद्दा चलाइएको छ ।

सीआईबीले गत १७ मंसिरमा बागबजारबाट रुपेश श्रेष्ठलाई पक्राउ गरेको थियो । त्यतिबेला उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रुपैयाँ, अमेरिकी डलर ७ हजार २६, ल्यापटप ३ थान, सीपीयू ६ थान, टेलर मेसिन १ थान, सीसीटिभी एनभीआर १ थान, मोबाइल ८ थान, राहदानी २ थान, नागरिकता १ थान र विभिन्न मिति तथा व्यक्तिको नाममा काटिएका बैंक चेक ६४ थान बरामद गरेको थियो । यो समाचार राजधानी दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>