अन्तर्राष्ट्रिय
डोनेट्स्क बजारमा युक्रेनी आक्रमणमा २७ जनाको मृत्यु
०

काठमाडौं, माघ ९-
युक्रेनी सेनाले डोनेट्स्कको पश्चिममा रहेको बजारमा आक्रमण गर्दा कम्तीमा २७ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले सोमवार जनाएका छन् ।
युक्रेनी पक्षबाट १५२ एमएम क्यालिबर र १५५ एमएम क्यालिबरको गोला प्रहार गर्दा बजारमा भीड लागेको थियो । घाइतेमध्ये १८ जनालाई अस्पतालमा भर्ना गरिएको छ । जसमध्ये अधिकांशको अवस्था गम्भीर रहेको रसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
न्युज एजेन्सी नेपाल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























