काठमाडौँ
न्यूरोडका व्यवसायीहरु सटर बन्द गरेर आन्दोलनमा उत्रिए
०

काठमाडौं, माघ ९-
न्यूरोड क्षेत्रका व्यवसायीहरू पार्किङ निषेधका विरोधमा उत्रिएका छन् । काठमाडौं महानगरले मंगलबार बिहानदेखि न्यूरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेको हो ।
अहिले त्यहाँका व्यवसायीहरू सटर बन्द गरेर विरोधमा उत्रिएका हुन् ।
पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले विरोध जनाएका हुन् । धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको महानगरले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























