घटना -दुर्घटना

त्रिशूली नदीमा खसेको बोलेरोका चालक सकुशल, अन्य यात्रु नभएको प्रारम्भिक जानकारी

Banner

चितवन, माघ २- 

त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको बोलेरोमा चालक बाहेक अन्य यात्रु नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार बोलेरो चालक पुरुष पनि सकुशल रहेको जानकारी आएको छ ।

उनले बिहान ४ः४० बजेको समयमा एक ट्याङ्कर चालकले भिजेको र डराएको अवस्थाका एक व्यक्ति सोही ठाउँबाट ट्रक चढेर नारायणगढतर्फ गएको देखेको बताएको जानकारी दिँदै उक्त सेतो रङको बोलेरोमा अन्य व्यक्ति नभएको प्रारम्भिक अनुसन्धानबाट पाइएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>