चितवन विशेष
भरतपुरकी दुर्गा पन्तले दिइन् नाउपा महाधिवेशन उपाध्यक्षमा उम्मेदवारी
०

चितवन, पुस २७-
नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन टिकापुरमा जारी छ । अहिलेसम्म अध्यक्षमा रेशम चौधरी, वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टिकालक्ष्मी चौधरीको निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, ७ पदको उपाध्यक्षमा १० जनाको उम्मेदवारी परेको छ । जसमा चितवनको भरतपुर महानगरपालिका वडा नं ११ की दुर्गा पन्तले पनि उपाध्यक्षमा पदमा उम्मेदवारी दिएकी हुन् । १ जनाको पद रहेको महासचिवमा ३ जनाको उम्मेदवारी परेको छ । ७ जना सहमहासचिवमा ७ जनाकै उम्मेदवारी छ । सचिवमा ४ जनामा ४ जनाको उम्मेदवारी छ भने सहसचिवका ७ पदमा ६ जनाको उम्मेदवारी छ ।
कुन पदमा कसको छ उम्मेदवारी?

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























