Uncategorized

महिलालाई उद्यमी बनाउने कार्यक्रम ल्याउन भरतपुर महानगरलाई महासंघको सुझाव

Banner

चितवन, पुस १८-
महिला उद्यमी महासंघ नेपाल (एफविन)ले भरतपुर महानगरपालिकालाई महिला उद्यमीका लागि प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएको छ । महासंघकी अध्यक्ष शोभा ज्ञवालीको नेतृत्वमा गएको टोलीले आज(बुधबार) महानगरपालिका प्रमुख रेनु दाहाललाई भेटेर यस्तो सुझाव दिएको हो ।
युवाहरु रोजगारीको लागि विदेशिएको अवस्थामा स्थानीय पालिकाहरुले महिलाहरुलाई उद्यमी बन्न प्रोत्साहन हुने खालका कार्यक्रम ल्याउनको लागि सुझाव दिएको अध्यक्ष ज्ञवालीले बताईन् । उनले स्थानीय पालिकाहरुले पनि महिलालाई उद्यमी बन्न सहज हुने गरी नीति बनाउन आवश्यक रहेको बताईन् ।
‘महिला उद्यमीका समस्या ठाउँ अनुसार फरक हुन्छन् । नीति तथा कार्यक्रम बनाउँदा महिला उद्यमीलाई समावेश गर्नुपर्छ,’ अध्यक्ष ज्ञवालीले भनिन् ‘महिलालाई प्रोत्साहन स्थानिय पालिकाहरुले गर्नुपर्छ ।’ उनले महिलाहरुलाई उत्पादनसंग जोडेर लैजान महानगरपालिकालाई आग्रह गरिन् । महिलाहरुको सशक्तिकरणका लागि महासंघ लागेको भन्दै यसमा राज्यले पनि सहयोग गर्नुपर्ने उनको धारणा छ ।
आर्थिक सशक्तिकरणका लागि महिलाहरु एक जुट हुन आग्रह गरिन् । महासंघमा ६६ जिल्लाबाट पाँच हजार बढी महिला आवद्ध भएको बताउँदै अप्रत्यक्ष रुपमा ५० हजार बढी महिलाको सहभागि रहेको बताइन् ।
महानगरपालिका प्रमुख दाहालले महिलाहरुलाई प्राथमकितामा राखेर भरतपुर महानगरपालिकाले काम गरेको बताएकी छिन् । उनले महानगरपालिकाको वडा नम्बर २१ र १८मा लघु औद्योगिक ग्राम स्थापना गर्न लागेको बताईन् । महिलाहरुको क्षमता अभिबृद्धि लगायतका काममा महानगरपालिका लागेको बताउँदै उनले आगामी दिनमा आवश्यकता अनुसार सहयोग गर्ने बताईन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>