चितवन विशेष

महिला उद्यमी संघ चितवनको अध्यक्षमा शोयता उपाध्याय निर्वाचित

Banner

चितवन, पुस १८
महिला उद्यमी संघ नेपाल चितवनको अध्यक्षमा शोयता उपाध्याय निर्वाचित भएकी छिन् । संस्थाको आठौँ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले उपाध्यायको नेतृत्वमा नौ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाको प्रथम उपाध्यक्षमा बिनु लामा श्रेष्ठ, द्धितिय उपाध्यक्षमा आरती प्रधान, तृतीय उपाध्यक्षमा सदिक्षा सिग्देल सचिवमा तारा रसायली, कोषाध्यक्षमा तिर्सना उप्रेती निर्वाचित भएकी छिन् । त्यस्तै सदस्यहरुमा बिना खरेल, डा पुजा कोइराला, विद्या पौडेल र भावना श्रेष्ठलाई चयन गरेको हो ।
अधिवेशनमा सम्बोधन गर्दै महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले आर्थिक सशक्तिकरणका लागि महिलाहरु एक जुट हुन आग्रह गरिन् । महासंघमा ६६ जिल्लाबाट पाँच हजार बढी महिला आवद्ध भएको बताउँदै अप्रत्यक्ष रुपमा ५० हजार बढी महिलाको सहभागि रहेको बताईन् । आगामी दिनमा ग्रामिण क्षेत्रका महिलाहरुलाई उद्यमी बनाउनका लागि तालिमहरु सञ्चालन गर्ने उनले बताईन् ।

महासंघले हस्तकला, कृषि, पर्यटन क्षेत्रका महिलाहरुलाई तालिम प्रदान गरेको उनले जानकारी दिईन् । उनले राज्यले गर्नुपर्ने काम आफुहरुले गर्दै आएको बताइन् । ‘राष्ट्रले गर्नुपर्ने काम हामीले गरेका छौँ, हामीले उद्यमीहरु तयार पारिरहेका छौँ,’ उनले भनिन् ‘राज्यले पोलिसि बनाउँदा दिदी बहिनीहरुलाई समाबेश गराउनुपर्दछ ।’ महासंघकै पहलमा राज्यले सबै स्थानिय तहमा औद्योगिक ग्राम स्थापना गर्नका लागि ४१ करोड रुपैयाँ विनियोज गरेको बताइन् । अध्यक्ष ज्ञवालीले महिला उद्यामीका लागि तालिम सञ्चालन गर्न संस्थालाई ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाइन्

महिला उद्यमी महासंघकी तृतिय उपाध्यक्ष बासमती प्रधानले अन्य महिलाहरुलाई पनि उद्यमी बनाउनुपर्ने बताएकी छिन् । महिलालाई समाबेश गरेर सरकारले छुट्टै योजना बनाउनुपर्ने धारणा समेत राखिन् । सरकारसंग आफ्नो अस्तित्व देखाउन सञ्जालको आवश्यकता रहेको भन्दै उनले महिला उद्यमीको नेटवर्किङ गर्न आवश्यक रहेको बताईन् ।

भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख शान्ता पौडेलले महिला दिदी बहिनीहरुले गरेको काम देखेर खुशी लागेको बताईन् । महिलाहरुलाई उद्यमी बनाउन कठिन रहेको बताईन् । ‘भरतपुर महानगरपालिकाले विपन्न महिलाहरुलाई उद्यमी बनाउन खोजेको छ । तर, उनीहरुलाई उद्यमी बनाउन कठिन छ । उनीहरुलाई दैनिक गुजरा चलाउन नै समस्या हुन्छ,’ उनले भनिन् ‘ग्रामिण क्षेत्रको समुदायका महिलाहरुलाई सशक्तिकरण गर्न जुरुरी छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>