देश/प्रदेश

रुसी सेनामा थप तीन नेपालीको मृत्यु, मृतक नेपालीको संख्या नौ पुग्यो

Banner

काठमाडौं, पुस १७-

रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।
मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले थप तीन नेपालीको मृत्यु भएको सूचना आफूहरुलाई प्राप्त भएको बताए । मृत्यु हुने स्याङ्जाका हरिप्रसाद अर्याल,धार्दिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाहको रहेका छन् ।

योसँगै रुसी सेनामा भर्ना भइ मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ । मृतकको नाम ठेगाना केही बेरमा सार्वजनकि गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>