चितवन विशेष
नारायणी र राप्ती नदीमा २६५ वटा घडियाल गोही र तीन डल्फिन भेटियो
०

चितवन, पुस १७-
चितवन राष्ट्रिय निकु्ञ्जले नारायणी र राप्ती नदीमा गरेको अनुगमनमा २६५ वटा घडियाल गोही फेला परेको छ ।
पुस १ देखि पुस १५ सम्म चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा गरेको अनुगमनमा सो संख्यामा घडियाल गोही भेटिएको हो ।
सोही अवसरमा नारायणी नदीमा तीन वटा भालेसहित ११३ वटा घडियाल गोही र राप्ती नदीमा ३ वटा भालेसहित ११३ वटा घडियाल गोही गणना गरिएको छ । त्यसैगरी अनुगमनमा तीन वटा डल्फिनसमेत फेला परेको छ ।
निकुञ्ज कार्यालयले दिएको जानकारीका अनुसार उक्त अनुगमनमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र, सौराहाको गरी जम्मा १० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । घडियाल अनुगमन कार्यमा काठको डुंगा, रवर बोट, जीपीएस., क्यामेरा, बाइनाकुलरलगायतका सामग्री प्रयोग भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























