Uncategorized

फुड फेस्टिबलमा आज सुवोध गौतम लगायतका कलाकारहरू आउने, प्रवेश निःशुल्क

Banner

चितवन, पुस १७-

होटल व्यवसायी संघ चितवनको आयोजनामा नारायणगढको क्याम्पाचौरमा जारी रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रमको आज चौँथो दिन हाँस्य कलाकार सुवोध गौतम, कलाकार प्रजापती पराजुलीलगायतका कलाकारहरु आउने भएका छन् ।

होटल व्यवसायी संघका सचिव कृष्ण महतोका अनुसार आज सुवोध गौतम, प्रजापती पराजुली, ढाकाराम पौडेल, तारा थापा लगायत स्थानीय कलाकारहरुले प्रस्तुती दिने छन् । फुड फेस्टिबलमा हिजो राति द स्याडोज व्याण्डले प्रस्तुती दिएको थियो ।

फुड फेस्टिबलमा दर्शकहरुले उत्साहजनक सहभागीता जनाएको सचिव महतोले जानकारी दिए । ‘दर्शकहरुको राम्रो साथ पाइरहेका छौँ । ३०० रुपैयाँको टिकट काटेर पनि हजारौँ दर्शकले फुड फेस्टिबल र सांस्कृतिक कार्यक्रमको अवलोकन गर्नुभयो । आजदेखि टिकट छैन । प्रवेश निःशुल्क भएपछि झन् धेरै जना आउने अपेक्षा गरेका छौँ’, उनले भने ।

आज र भोलि प्रवेश निःशुल्क रहेकोले झन् धेरै दर्शक आउने अपेक्षा गरिएको उनले बताए । फुड फेस्टिबल भोलि (बुधबार) सम्पन्न हुने छ । बुधवार अनु चौधरी, सुप्रिम मल्ल, कर्ण गिरी र भुवन प्यासी लगायतकाका कलाकारहरुले प्रस्तुती दिने छन् । फुड फेस्टिबलमा ३९ वटा स्टल रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>