चितवन विशेष

आफ्नै पेटमा खुकरी प्रहार गरेका हेटौँडाका संजिवको चितवनमा उपचार हुँदै

Banner

हेटौँडा, पुस १५-

मकवानपुरको बकैया गाउँपालिकामा एक युवकले आफ्नै पेटमा खुकरी प्रहार गरेका छन् । बकैया ९ भुर्तेलडाँडा बस्ने अन्दाजी २२ वर्षीय संजिव थिङले आफ्नै पेटमा खुकरी प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरकाले आफ्नै घर भित्र आफ्नै पेटमा खुकुरी प्रहार गरेका संजिवको गम्भीर अवस्थामा उद्धार गरिएको नारायणी अनलाइनलाई जानकारी दिए । प्रहरीका अनुासर गम्भीर घाइते संजिवलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएपनि थप उपचारको लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको छ ।

तर, खुकुरी प्रहार गर्नुको कारण हालसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>