Uncategorized

भरतपुरमा सडकका अनाधिकृत होडिङ बोर्ड हटाउन ७ दिनको अल्टिमेटम

Banner

काठमाडौं, पुस १३-
सडकका अनाधिकृत होडिङ बोर्ड हटाउन सडक डिभिजन कार्यालय भरतपुरले ७ दिने अल्टिमेटम दिएको छ ।

डिभिजन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै आफ्नो सीमा भित्रको होडिङ बोर्ड हटाउन ७ दिने अल्टिमेटम दिएको हो ।

यस डिभिजनले हेर्ने नारायणगढ–मुग्लिन, लोथर–टिकौली–पुलचोक, हाकिम चोक–जगतपुर–माडी, भरतपुर–रामपुर–मेघौली, आपटारी–देवघाट, टाँडी–सौराहा सडक खण्डमा राखिएका अनाधिकृत बोर्डिङ बोर्ड ७ दिन भित्र हटाउनु पर्नेछ । सो समयमा नहटाए आवश्यक कारवाही प्रक्रिया अगाडी बढाइने कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>