चितवन विशेष

चितवनमा मोटरसाइकल दुर्घटनामा परेर किशोरको मृत्यु

Banner

चितवन, पुस १२-
भरतपुर– माडी सडकखण्डअन्तर्गत सीताराम चोकमा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा भरतपुर महानगरपालिका–६ निवासी १७ वर्षीय चिराज पोखरेलको मृत्यु भएको हो । गीतानगरबाट विकासचोक तर्फ आउँदै गरेकोे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका पोखरेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>