इच्छकामना

चेपाङ समुदायलाई इच्छाकामना गाउँपालिकाद्धारा सोलार वितरण

Banner

भरतपुर, पुस १० –

चितवनको इच्छाकामना गाउँपालिकाले चेपाङ र विपन्न समुदायका नागरिकलाई सोलार वितरण गरेको छ । विद्युतिकरण नभएका र तत्काल विद्युतिकरणको सम्भावना नरहेका ठाउँमा रहेका नागरिकलाई सोलार वितरण गरिएको हो । सोमबार वडानम्वर ७ स्थित ट्याङकीडाँडाका १५ घरधुरी चेपाङ समुदायलाई गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सोलार हस्तान्तरण गर्नुभयो । उहाँले तत्काल विद्युत लैजान नसकिने र विद्युतिकरण गर्दा बनजंगल क्षेत्र पर्ने ठाउँका नागरिकलाई सोलार प्रदान गरिएको बताउनुभयो ।

गाउँपालिकाले सोलार वितरण गर्ने ४५ घरधुरीमा ४० परिवार चेपाङ छन् । पाँच घर गुरुङ र मगर समुदायका विपन्न परिवार छ । अन्य सोलार वडा नम्वर ७ को देउपाल र दारसिंहमा वितरण गरिने गुरुङले जानकारी दिनुभयो । इच्छाकामनाको वडा नम्वर ७ लगायतका वडामा विद्युतिकरणको काम तीब्र भइरहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । सोलार वितरणका लागि गाउँपालिकाले आठ लाख बजेट विनियोजन गरेको थियो । नारायणी सोलार प्रालीसंग सम्झौता गरेर गाउँपालिकाले ५० वार्टको प्यानल र ३५ वाटको ब्याट्री प्रदान गरेको छ । बाँकी रहेको बजेटबाट स्वास्थ्य चौकीको वर्थिङ सेन्टरमा सोलार जडान गर्ने तयारी गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>