चितवन विशेष

यमनाथ पाण्डे स्मृति छात्रवृत्ति कोष स्थापन

Banner

चितवन, पुस १०–

स्व. यमनाथ पाण्डेको स्मृतिमा छात्रबृत्ति कोष २०८० स्थापना गरिएको छ । पाण्डे बन्धु सेवा प्रतिष्ठानमा रु ४ लाखको छात्रवृत्ति कोष स्थापना गरिएको हो ।

यस कोषबाट चितवन र गोरखा जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ । यस कोषमा हरेक वर्ष रकम थपिने छ । हरेक वर्ष दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ । विद्यार्थी छनोट गर्दा एक विद्यार्थीलाई ५ वर्ष सम्म छात्रवृत्ति प्रदान गरिने छ । आर्थिक रुपमा बिपन्न विद्यार्थी, बुबा, आमा वा दुबै नभएका, शारीरिक रुपमा अशक्त, अल्पसंख्यक , दलित, उत्पिडित समुदायलाई प्रथामिकता दिईने पाण्डेका छोरा गृह मन्त्रालयका सहसचिब भरतमणी पाण्डेले जानकारी दिए ।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहाकार रमेश पाण्डेले स्व. यमनाथ पाण्डेको जीवनी माथि प्रकाश पारे। पाण्डेको वि. सं. २०५१ सालमा ३८ वर्षको उमेरमा निधन भएको थियो । पाण्डेको निधन भएको ३० वर्ष पछि अक्षकोष स्थापना गरिएको हो । कोष आज देखि संचालनमा आएको हो । छात्रबृत्ति दिने विद्यार्थीलाई यस कोषबाट प्रत्येक महिना रु एक हजार नगद, हरेक वर्ष दुईजोर बिध्यालय पोशाक, स्टेसनरी सामाग्री लगाएत उपलव्ध गराईने छ ।

गोरखा जिल्ला श्रीनाथकोट गाउँपालिका वडा नम्बर ७ मा जन्मनुभएका पण्डेले समाज परिवर्तनमा खेलेको भूमिका महत्वपूर्ण रहेको गोरखाका जिल्ला न्ययधिश तेजेन्द्र सापकोटाले बताए। पढ्न नपाएका बालबालिकाहरुलाई अध्ययनका लागि सहयोग गर्ने परिवारको पहल कदमिले शिक्षा क्षेत्रमा महत्वपूर्ण काम भएको उनले बताए।

कार्यक्रममा कोषकी संरक्षक एवं स्वर्गीय पाण्डेकी श्रीमती हिरादेवि पाण्डे, गोरखाको श्रीनाथकोट गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष निलवहादुर बस्नेत,बिरेन्द्र क्याम्पस नमुना टोल बिकास संस्थाका अध्यक्ष शेषराज सापकोटा, कोषका संरक्षक चुडामणी सापकोटा लगाएतले बोल्नुभएको थियो । स्व। पाण्डेका दुई छोरा, एक छोरी, छ जना नातिनातिनाहरु रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>