चितवन विशेष

नारायणीको पुलबाट हाम फालेकी महिलाको उपचारको क्रममा मृत्यु

Banner

चितवन, पुस ०९-
नारायणी नदीको पुलबाट हाम फालेकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ। सोमबार बिहान ७ः५५ को समयमा अन्दाजी ४० वर्षीय महिलाले पुलबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए छ। ती महिलाको अझै पहिचान खुल्न सकेको छैन ।

पुलबाट हाम सूचना पाउँदा साथ विपद सहितको टोलीले तत्काल उद्दार गरि उपचारको लागि भरतपुर सरकारी अस्पताल पठाएको थियो । बोल्न नसक्ने अवस्था रहेकी ती महिलालाई चिकित्सकले ९ः१० बजेको समयमा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी विजय राज पण्डितले जानकारी दिए। उनको शव सरकारी अस्पतालको शव गृहमा राखिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>