चितवन विशेष

गरीखाने र ठगीखाने वर्ग छुट्टाएर काम गरिदिनुहोस्ः गभर्नर अधिकारी

Banner

चितवन, पुस ७-

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सही सदुपयोग हुने ठाउँमा लगानी गर्न बैंकहरुलाई निर्देशन दिएका छन् । पश्चिम चितवनको पटिहानीमा शनिबार आयोजित नेपाल बैंकर्स संघको ३७ औं वार्षिक साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

‘अहिले बजारमा गरीखाने र ठगीखाने वर्ग छ,’ अधिकारीले चितवनमा एक किसानले बैंकबाट लोन लिएर राम्रो आम्दानी गरेको उदाहरण दिँदै भने ‘गरीखाने र ठगीखानेलाई छुट्टाएर काम गरिदिए पुग्छ ।’ उनले नयाँ उद्यमी बनाउन बैंकहरु लाग्नुपर्ने धारणा राखे । ‘बैंकले उद्यमी बन्न अवसर दियो भन्ने गर्भ गर्ने खालको काम गर्नुहोस्,’ उनले भने ‘अर्काले बनाएको उद्यमीलाई तानतुन गर्नभन्दा आफै उद्यमी बनाउन तर्फ लाग्नुपर्छ ।’ उनले बैंकहरुमा देखिएको समस्या समाधानका लागि राष्ट्र बैंक लागि परेको समेत बताए । ‘युवालाई आक्रर्षित गर्ने खालको नीति ल्याउँदै छौँ,’ उनले भने ‘छिट्टै लगानी गर्ने वातावरण बन्नेछ ।’

बैंकका कर्मचारीहरु देश छाडेर पलायन हुन थालेको घटनाप्रति समेत चासो व्यक्त गरे बैंकहरुले शनिबार पनि कर्मचारीलाई लदाउने (जबरजस्ति काम गर्न बाध्य पार्ने) मा काम गरे’ उनले भने, ‘काममा बढी घोटाइयो, तर कर्मचारीलाई पढाइएन । उनीहरुलाई तालिम कम भयो ।’ अहिले नेपालमा डिजिटल भुक्तानीमा ठूलो सुधार भएको भन्दै २ करोड १० लाख बैंक खाताहरु मोबाइल बैंकिङमा आवद्ध रहेको उनले जानकारी दिए ।

उनले अहिले नेपाली अर्थतन्त्र दक्षिण एसियामै माथिल्लो स्तरमा रहेको दाबी गरेका छन् । नेपालसँग अहिले १३ महिनाको आयात धान्ने विदेशी मुद्रा रहेको भन्दै यो स्तरको विदेशी विनिमय सञ्चिति यस क्षेत्रका कुनै पनि देशसँग नभएको उनले बताए ।

संघका अध्यक्ष सुनिल केसीले बैंकहरुलाई लगानी गर्न समस्या भएको बताएका छन् । उद्योग पुर्णरुपमा सञ्चालन नहुँदा बैंकमा निष्क्षेप बढ्दै गएको बताए । तर हाल नेपाल राष्ट्र बैंकको राम्रो रेगुलेसनको कारण नेपालको बैंक वित्तिय क्षेत्र सुधारउन्मुख रहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>