कालिका

चितवनमा टायर पड्किदा कार अनियन्त्रित भएर पल्टियो,एकको मृत्यु

Banner

भरतपुर, पुस ७-

चितवनमा टायर पड्किदा कार अनियन्त्रित भएर पल्टिदा एक जनाको मृत्यु भएको छ । शुक्रबार कालिका नगरपालिका वडा नम्वर १ लंकालाइनमा भरतपुरबाट खोलेसिमलतर्फ जाँदै गरेको बा ११ च ८७८९ नम्वरको कारको टायर पड्किदा अनियन्त्रित भइ नालिमा पल्टिएको थियो ।

दुर्घटनामा घाइते कार चालक काठमाडौं महानगरपालिका ५ का बिष्णु क्षेत्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता बिजयराज पण्डितले जानकारी दिनुभयो । कारमा क्षेत्री मात्रै सवार हुनुहुन्थ्यो । शव परीक्षणका लागि भरतपुर अस्पतालको शबगृहमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>