चितवन विशेष

मकुना र ध्रुवे हात्तीबाट सर्तक रहन चितवन निकुञ्जको अनुरोध

Banner

चितवन, पुस ०४-
चिवतन राष्ट्रिय निकुञ्जले मकुना र ध्रुवे हात्तीबाट सर्तक रहन अनुरोध गरेको छ । निकुञ्ज क्षेत्रमा केही सातादेखि यी दुई हात्ती देखा परेको भन्दै निकुञ्ज आसपासका क्षेत्रका मानिसलाई सतर्क रहन अनुरोध गरेको हो ।
राष्ट्रिय निकुञ्जका सुचना अधिकारी गणेश तिवारीका अनुसार यतिखेर जंगली हात्ती माकुना पुर्वि चितवनका सौराहा लगायतका क्षेत्रमा र ध्रुवे हात्ती पश्चिम चितवनको जगतपुर, मेघौली र माडीका क्षेत्रमा देखा परेका छन् । जंगली हात्ती देखापर्ने वित्तिक्कै नजिकैको प्रहरी कार्यालय, निकुञ्ज प्रशासनमा सम्पर्क गर्न अनुरोध गरेको छ । ध्रुवे हात्तीलाई एक साता अघि निकुञ्जले दाह्रा काटेर रेडियो कलर जडान समेत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>