साहित्य
कवितामा कवि भूपिनले संझिए स्वर्गबास भएकी आमालाई
०
बसुन्धरा
मेरा आँखामा बिहानै रात झर्छ अचेल
जताततै फगत अन्धकार देख्छु ।
अँध्यारोमा अलप हुन्छ सारा पृथ्वी
प्रियजनहरू अलप हुन्छन्, स्वयम् आफै अलप हुन्छु ।
बिहानदेखि रातसम्म
रातदेखि बिहानसम्म
हरपल म विलुप्त हुन्छु जीवनको विशाल सुरुङभित्र ।
उज्यालोमा बसेर अँध्यारोभित्रको कुरा त देखिन्न
तर अँध्यारोबाट उज्यालोका कुराहरू त देखिनु पर्ने ।
कतै उज्यालो धरामा छौ भने
यो अँध्यारोबाट तिमीलाई देख्नु पर्ने
कतै देख्दिन !
आँखाजत्तिको शक्तिशाली दुर्बिन केही छैन
कतै उज्यालो आकाशमा छौ भने पनि
यो अँध्यारोबाट तिमीलाई देख्नु पर्ने
कहिल्यै देख्दिन ।
कहाँ छौ तिमी ?
तिमीलाई भन्छु भनेर भन्न नसकेका कति कुराहरू छन्
तिमीलाई सुनाएर मन हल्का गर्छु भनी सोचेका
कति कथाहरू छन् ।
बसुन्धरा ! चार्ज गर्नू र फोन उठाउनू न एकपटक
अचेल तिम्रो फोन किन स्वीच अफ् भएको छ ?
–कवि भूपिन खड्का
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>