चितवन विशेष

चितवनको एक रेष्टुरेन्टमा वेटर काम गर्ने महिलालाई जवरजस्ती यौन सम्पर्क गर्न लगाएपछि…

Banner

भरतपुर,जेठ १९-

मानव बेचबिखन कसुरमा संलग्न रहेको आरोपमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तनहुँको शुक्लागण्डकी गाउँपालिका–९ खैरेनीटार घर भई हाल भरतपुर महानगरपालिका–१६ बस्दै आएका ३३ वर्षीय नारायण कुंवरलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार कुंवरले भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित गोर्खाली रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए। उक्त रेष्टुरेन्टमा वेटरको काम गर्ने महिलालाई विभिन्न लोभ-लालच देखाई रेष्टुरेन्टमा आउने ग्राहकसँग जबरजस्ती यौन सम्पर्क गर्न लगाएको सूचनाका आधारमा वडा प्रहरी कार्यालय भरतपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले प्रतिवादीमाथि मानव बेचबिखन कसुर अन्तर्गत चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>